नेपाली महिला टोली विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

एक खेलअगावै नेपाल महिला टोली विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

काठमाडौँ । यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला टोली एक खेलअगावै आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।

सोमबार भएको सुपर–३ को आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो।

एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्। लगातार दुई खेलमा हार भोगेको युएई सुपर थ्रीबाट नै बाहिरिएको छ।

युएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एण्ड बोल्ड भईन्। रुविना क्षेत्री २३ रन बनाउँदा इशा ओझाको बलमा क्याच आउट हुन पुगिन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार