भारत-पाकिस्तान तनावले स्थगित आईपीएलका खेल आजदेखि

आईपीएल क्रिकेटको १८औं संस्करण आजदेखि

काठमाडौं । भारत-पाकिस्तानबीचको तनावले स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का खेल शनिबार शुरु हुँदैछ।

अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गरिएको थियो।

पहिलो खेलमा शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन्। खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुनेछ।

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन्। अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ।

हालसम्मको अंकतालिकामा गुजरात टाइटन्स १६ अंकसहित शीर्षस्थानमा छ। बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ। पञ्जाब किङ्स १५ अंकसहित तेस्रो र मुम्बई १२ खेलमा १४ अंकसहित चौथोस्थानमा छन्।

यस्तै दिल्ली १३ अंकसहित पाँचौँ, कोलकाता ११ अंकसहित छैटौँ र लखनउ १० अंकसहित सातौँ स्थानमा छन्। ​यस्तै हैदराबाद ७ अंकसहित आठौँ, राजस्थान  ६ अंकसहित नवौँ र चेन्नई १२ खेलमा ६ अंकसहित १०औँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार