‘के घर के डेरा; घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा, आमनागरिकको कथा पर्दामा

काठमाडौँ । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ ।

चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्ट लगायत कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् । उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन् ।

फिल्म रिलिजको पूर्वसन्ध्यामा अर्थात् बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा फिल्मको विशेष प्रिमियर शो आयोजना गरिएको थियो । तर यो प्रिमियर अरू फिल्महरूको जस्तो सेलिब्रिटी केन्द्रित थिएन ।

निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी ‘र्‍यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो। निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो ।

“सेलिब्रिटी अथवा आफन्तहरू प्रायः सकारात्मक प्रतिक्रिया दिनुहुन्छ, तर हामीलाई दर्शकको इमान्दार भावना जान्न मन थियो । त्यसैले सर्वसाधारणलाई सहभागी गरायौं,” निर्देशक खनालले प्रिमियरमा भने । प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए ।

k ghar k dera nischal basnet

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार