
काठमाडौँ । गोरखा जिल्लाका स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा २३ करोड १० लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । ममहालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार गोरखाका ११ वटा स्थानीय तहमा १५ अर्ब ४४ करोड ९८ लाख ५९ हजारको लेखा परीक्षण गर्दा १४ दशमलव ८३ प्रतिशत बेरुजु देखिएको हो ।
महालेखा कार्यालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु बारपाक सुलिकोट गाउँपालिका देखिएको छ । १ अर्ब ४४ करोड २८ लाख ५१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ३ करोड ७२ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको हो । अघिल्लो वर्ष भने गाउँपालिकाको बेरुजु रकम अन्य पालिकाको भन्दा केही कमनै रहेको थियो ।
त्यसैगरी, पालुङटार नगरापलिकामा २ अर्ब ८ करोड २४ लाख १ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ५ करोड ३५ लाख ५३ हजार रुपैयाँ बेरुजु देखिएको छ । अघिल्लो वर्ष पनि नगरपालिकाको बेरुजु रकम उच्च रहेको थियो, जसले वित्तीय अनुशासनमा प्रश्न उठाएको छ । भीमसेनथापा गाउँपालिकामा १ अर्ब ३५ करोड ५ लाख ४२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ३७ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
गण्डकी गाउँपालिकाको लेखापरीक्षण रकम १ अर्ब ४५ करोड १३ लाख २१ हजारमा २ करोड ४३ लाख ८८ हजार रुपैयाँ बेरुजु देखिएको छ भने सिरानचोक गाउँपालिकामा १ अर्ब ७३ करोड ८१ लाख २२ हजाररुपैयाँको लेखापरीक्षणमा २ करोड ५१ लाख ८ हजाररुपैयाँ बेरुजु देखिएको हो ।
साथै, शहिद लखन गाउँपालिकामा १ अर्ब ५० करोड ७१ लाख ७१ हजाररुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ८८ लाख ९७ हजाररुपैयाँ बेरुजु देखिएको छ । अजिरकोट गाउँपालिकाको लेखापरीक्षण रकम १ अर्ब ८ करोड ९२ लाख ५७ हजारमा १ करोड १८ लाख ९७ हजाररुपैयाँ र गोरखा नगरपालिकाको २ अर्ब ५ करोड ४९ लाख ९७ हजाररुपैयाँ लेखापरीक्षणमा १ करोड ९३ लाख ७१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यस्तै आरुघाट गाउँपालिकामा १ अर्ब २४ करोड १७ लाख ४० हजार रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड १२ लाख ९२ हजार रुपैयाँको बेरुजु हुँदा धार्चे गाउँपालिकाको लेखापरीक्षण रकम ९५ करोड ८७ लाख ५३ हजारमा ५२ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
सबैभन्दा कम बेरुजु चमुनव्रुी गाउँपालीकामा देखिएको छ । ५३ करोड २८ लाख ४ हजार रुपैयाँको लेखापरीक्षणमा ३ लाख ४२ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको हो ।