गभर्नर सिफारिश समिति पुनर्गठन

गभर्नर सिफारिश समिति पुनर्गठन

काठमाण्डौ । सरकारले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वमा रहेको गभर्नर सिफारिश समिति पुनर्गठन गरेको छ ।

पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे रहेका छन् ।

यसअघि समितिबाट विश्व पौडेलले राजीनामा दिनुभएको थियो । नेपाली कांग्रेसले गभर्नरको रुपमा अघि सारेपछि पौडेलले राजीनामा दिनुभएको हो । उहाँको ठाउँमा पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको छ ।

त्यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए । एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि भट्टराईले समितिबाट राजीनामा दिनुभएको थियो ।

मन्त्रिपरिषद्ले गएको चैत ११ गते उपप्रधान एवम् अर्थमन्त्री पौडेलको संयोजकत्वमा सिफारिश समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार