
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन् ।
बुधबार समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले क्यानसँगको सम्झौता तोडेको जानकारी दिएका हुन् ।
क्यानले स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र युके भ्रमणका लागी क्रिकेट टोलीलाई बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन् ।