
नेपाली संगीत प्रेमीहरूको लागि नयाँ गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ। रवि सुनार र पिटु गहतराजको गायनमा तयार भएको यो गीतमा निर्मल तिमल्सिनाको भावपूर्ण शब्द र रवि सुनारकै संगीत सुन्न सकिन्छ।
गीतको भिडिओ निर्देशनको जिम्मा बोम खत्रीले सम्हालेका छन्। भिडियोमा आर्चर पन्त र पूजा मोक्तानको मनमोहक अभिनयले गीतको भावनालाई अझ प्रगाढ बनाएको छ। विवेक विकको छायांकन र बोम खत्रीकै सम्पादनले भिडियोमा दृश्यात्मक सौन्दर्य थपेको छ।
**‘द डाफेस फिल्म कम्पनी’**ले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतले छोटो समयमा नै दर्शकको ध्यान तान्न सफल भएको छ। यद्यपि युट्युबमा अपेक्षा अनुसारको भ्युज आउन बाँकी भए पनि, दर्शकहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको छ। धेरैले गीतको संगीत, शब्द र भिडियोको संयोजनलाई मुक्तकण्ठले प्रशंसा गरेका छन्।
‘महसुस गर्नुछ’ गीत संगीतप्रेमीहरूका लागि केवल मनोरञ्जन मात्र होइन, भावना र अनुभूतिको यात्रा पनि बनिरहेको देखिन्छ।