
काठमाडौँ । भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।
बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिए ।
अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको उनले बताए ।
बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।