एनआरएनए भित्र राजनीति नगर्न परराष्ट्रमन्त्री राणाको आग्रह

एनआरएनए भित्र राजनीति नगर्न परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् । शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् ।

एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरुले सहयोग गरिदिनुस्,’ उनले भनिन् ।

राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने उनको भनाइ छ ।

‘हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘तपाईंहरू त कहीँ लेभर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेशनभित्र तपाईंहरूले कति ठूलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’

परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार