वडाकप खुल्ला नकआउट पुरुष क्रिकेटको उपाधी वडा नम्बर ४ लाई

वडाकप खुल्ला नकआउट पुरुष क्रिकेटको उपाधी वडा नम्बर ४ लाई

शिब अधिकारी, रुपन्देही । वडाकप खुल्ला नकआउट पुरुष क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले आफ्नो पक्षमा पारेको छ । शुक्रबार (आज) भएको फाईनल खेलमा उसले वडा नम्बर ५ लाई हराउँदै उपाधी चुमेको हो । यो उपाधी सँगै वडा नम्बर ४ ले वडा कप क्रिकेट प्रतियोगिताका लगतार तीन वटा संस्करणको आफ्नो पक्षमा पारेको छ ।

फाईनल खेलमा वडा नम्बर ५ लाई वडा नम्बर ४ ले ५ विकेटले पराजित गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको वडा नम्बर ५ ले वडा नम्बर ४ लाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ४ ले मध्यम सुरुवात गरेपनि पछि खेलमा पुनरागमन गर्दै ५ विकेटको क्षतीमा उक्त लक्ष्य पूरा गरेको प्रतियोगिता संयोजक किरण तिवारीले बताउनुभयो ।

जितसँगै वडा नम्बर ४ ले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमित भएको वडा नम्बर ५ ले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार