सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्यमा नयाँ र्कीतिमान

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा ५० रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार