रुपन्देहीमा छिमेकीको घरमा गएर महिलाले गरिन आत्महत्या, हत्या भएको परिवारको आशंका

रुपन्देहीमा छिमेकीको घरमा गएर महिलाले गरिन आत्महत्या, हत्या भएको परिवारको आशंका

रुपन्देही। रुपन्देहीको कञ्चनमा एक महिलाले छिमेकीको घरमा झुण्डिएर आत्महत्या गरेकी छन। आत्महत्या गर्नेमा जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नम्बर ४ स्थित थकाली चोक बस्ने अन्दाजी ४५ ४६ बर्षकी धनमाया बि.क. रहेको प्रहरीका जनाएको छ ।

मृतक बि.क.ले सोही वडा अन्तर्गत बरपिपल चोक बस्ने विनोद बि.कको घरको पछाडी बाहिर रहेको फलामको भर्याङ्गको चौथो सिंढीमा कपडाले आफ्नो घाँटीमा पासो लगाई एक खुट्टाले भुर्ईमा टेको लगाएको र अर्को खुट्टा भुईमा लट्रिएर झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा मृतकले आत्महत्या गरेको नभई सुनियोजित रुपमा हत्या गरी झुण्ड्याइएको हुनसक्ने मृतकका आफन्तले आशंका गरेका छन। पिडितहरुका अनुसार विनोद बि.क. र मृतक बि.क. आपसी सम्बन्धमा रहेको र विनोद बि.क.कै घरमा एकाएक झुण्डिएको अवस्थामा भेटिनु निकै शंकास्पद र आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका गरेका हुन।

यता प्रहरीका अनुसार भने घटना भएको घर धनी विनोद बि.क.ले आफ्नो घरमा एक महिलाले आत्महत्या गरेका छन भनि ईलाका प्रहरी कार्यालय रुद्रपुरमा आज बिहान करिब सवा ६ बजेको समयमा जानकारी दिन आएको र निज बि.ककै सूचना अनुसार घटनास्थलमा पुग्दा महिलाले विनोद बि.ककै घर पछाडी रहेको भर्याङ्गमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जानकारी दिएको छ।

मृतक महिला बिदेशबाट २० दिन अगाडी घर आएको र राती घरका आफन्त तथा परिवारसँग राती ९ बजेसम्म सँगै खानपिन गरी फर्किएको मृतकका भिनाजु झविलाल बि.क.ले जानकारी दिनु भएको छ।

मृतक बि.क. यस अघि पाल्पाका राजन सुनारसँग बिहे भएको र निजसँग सम्बन्ध विच्छेद गरी कञ्चनमै बस्दै आएको आफन्तले जनाएका छन। मृतकका आफन्तका अनुसार विनोद बि.कसँग मृतकको केही दिन अगाडीदेखि लेनदेन सम्बन्धी विवाद हुदै आएको थियो। विनोद बि.क.ले पनि आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदगरी एक्लै बस्दै आए थिए।

पूर्व प्रहरी समेत रहेका विनोद बि.क. एन आई सी एशिया बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डमा कार्यरत छन। बिकलाई आवस्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयमै राखिएको र मृतकको शब पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा पठाइएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र घटनास्थलको अध्ययन र अनुसन्धान तथा पोष्टमार्टमको रिपोर्ट लगायत अनुसन्धानकोक्रममा प्राप्त हुने तथ्यांकका आधारमा थप जानकारी दिइने ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार