बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन आगो

बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन आगो

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन्। जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले गएराति आफ्नो शरीरमा आफैँ आगो लगाएकी हुन्।

गएराति करिब १० बजेतिर उनले शरीरमा आगो लगाएकी हुन्। श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए।

नयाँबजारस्थित पिपल्स अस्पतालमा उनको उपचार भइरहेको छ। उनको पेट, छाती र हातमा गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार