खेलकुदको हबका रुपमा विकास हुुँदै गएको सैनामैनामा क्रिकेट प्रतियोगिता हुँदै

खेलकुदको हबका रुपमा विकास हुुँदै गएको सैनामैनामा क्रिकेट प्रतियोगिता हुँदै

शिब अधिकारी, रुपन्देही । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रुपन्देहीको सैनामैनामा वडाकप क्रिकेट प्रतियोगिता हुने भएको छ । सैनामैना नगर खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

पछिल्लो समय खेलमय बनेको सैनामैनामा यो प्रतियोगिताले थप रौनक थप्ने र स्थानीय खेलाडीहरुको प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ । प्रतियोगिता सैनामैना नगरपालिका ७ लम्टिया स्थित गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने खेल संयोजक किरण तिवारीले जानकारी दिनुभएको छ ।

तिवारीले दिएको जानकारी अनुसार वडाकप क्रिकेट प्रतियोगिता वैशाख १७ गते बुधवार देखि १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जित हात पार्ने टोलीले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टोलीले ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

खेलकुदको हबका रुपमा विकास हुँदै गएको सैनामैनामा हालै राष्ट्रिय पुरुष भलिबल, अन्तराष्ट्रिय आमन्त्रण फुटबल, वडा कप फुटबल, क्लब स्तरीय भलिबल लगायतका प्रतियोगिता सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार