सिर्जना भण्डारीको कविता “आमा”

सिर्जना भण्डारीको कविता "आमा"

सन्तानलाई ठेस लाग्दा रुने आमा तिमी
सुखदुःख सधै साथ हुने आमा तिमी ।।

छातीमाथि हिंड्न सिकाइ शिखर पुर्याएर
मलाई सधै हास्न भन्छेउ आफ्नो मुटु दुखाएर ।।
सारी फाट्यो चोली फाट्यो किन्छेउ मलाई कलम
तिम्रो छाती भित्र आमा कस्ले देला मलम ।।

घाँसको भारी माथी हाली बाेक्छ्याै आमा मलाई
सुख दु:ख के छ भनी सोध्ला कल्ले तिम्लाइ ।।
आँखाभरी आँसु पनि रोकि हास्ने तिमी
जस्तो सुकै पिडा पनि सहन गरछ्यौ तिमी ।।

सन्तानलाई ठेस लाग्दा रुने आमा तिमी
सुखदुःख सधै साथ हुने आमा तिमी ।।

स्वर्थी छैनौं सधै आमा तिमी माया गर्छ्यौ
मलाई दु:ख पर्दाखेरी सधै अघि सर्छ्यौ ।।
खाएको त्यो गाँस पनि आदि पारी दिन्छ्यौ
खालि पेट भए पनि भरिलो छ भन्छ्यौ ।।

सन्तानलाई पेट मा राखी दु:ख गरेर
आदि जीवन फलिकन अघि सरेर ।।
पिर मर्का बुझ्ने तिमी मायाकि हौ खानी
सांसारमा तिमी जस्ती रानी ।।

सन्तानलाई ठेस लाग्दा रुने आमा तिमी
सुखदुःख सधै साथ हुने आमा तिमी ।।

मेलापात गए पनि खाजा बोकि ल्यौछेउ
खाली खुट्टा हिने पनि सुटबुट मलाई दिन्छ्यौ ।।
मनको पिडा मुखमा ल्याइ आँखाले हासीदिने
सन्तानकै निम्ति तिमिले कति सुर्ता लिने ।।

सन्तानलाई ठेस लाग्दा रुने आमा तिमी
सुखदुःख सधै साथ हुने आमा तिमी ।।

आमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार