भर्गो अभियान नेपालको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न

भर्गो अभियान नेपालको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न

रुपन्देही । भर्गो अभियान नेपालको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना ८ रामापुरमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसको सभाहलमा शनिवार (आज) अभियानको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले ९ सदसिय कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा कृष्ण प्रसाद शर्मा, उपाध्यक्षमा कपिल गौतम, महासचिवमा नरहरि भुसाल,सचिवमा निरञ्जन पोखरेल, कोषाध्यक्षमा सुशीला पन्त निर्वाचित हुनुभएको छ ।

त्यस्तै, अभियानको सदस्यहरुमा एकराज पौडेल, कमला न्यौपाने, लक्ष्मी श्रेष्ठ र किरण तिवारी चयन हुनुभएको छ । निर्वाचित समितिको कार्यकाल ५ बर्षे रहने भर्गो अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

भर्गो अभियान समाज रुपन्तरणका क्षेत्रका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार