सुनकाे भाउ ताेलामा एक हजार रुपैयाँले घट्यो

तोलामा

काठमाण्डौ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर ताेलाकाे एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ  । चाँदीको भाउ १० रुपैयाँले घटेर ताेलाकाे दुई हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १० रुपैयाँ रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार