काश्मिरमा भएको आतंकवादी हमलामा मारिने बुटबलका सुदिप न्यौपाने

भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ । भारतको दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना

काठमाडौं । जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।

परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक बुटबल-११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् । ‘सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्र मन्त्री राणाले भनेकी छन् ।

साथै, सो आतङ्ककारी हमलामा परेर घाइते भएकी न्यौपानेको आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन् । ‘उहाँहरु घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार पनि प्राप्त भएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन्,’ उनले लेखेकी छन, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’ उनका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार