धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक

धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक

रुपन्देही । १-१ गोर्खा राइफल्स द मलाउन रेजिमेन्टको बटालियन गान सार्वजनिक भएको छ । इंडियन आर्मीको गोर्खा पल्टनमा सबभन्दा पुरानो ईतिहास बोकेको बटालियनले धिताङ धिताङ मादल बज्यो बोलको बटालियन गान सार्वजनिक गरेको हो ।

कायर हुनु भन्दा मर्नु राम्रो भन्ने भावलाई आत्मसाथ गरिएको बटालियन गान नीर प्रसाद गरुङ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गानमा स्वर्गीय लेफ्टिनेन्ट कर्नल एस सी नगरकरको शब्द रचना रहेको छ ।

रामभक्त जोजिजु प्रमुख गायक रहेको गानको समूह गायकहरू बिल पुर्जा पुन मगर
निर प्रसाद गुरुङ, विष्णु थापा मगर र दिर्घा पुनको रहेको छ । ३-८ गोर्खा राइफल्सका एलबी पुनको एरेन्ज, रेकर्ड र अडियो सम्पादन रहेको गानको सम्पादन तथा कलर शिब पौडेलको रहेको छ ।

१-१ गोर्खा राइफल्स द मलाउ रेजिमेन्ट बटालियन सन १८१५ अप्रिल २४ मा भारतको हिमाचल प्रदेश, सोलन जिल्लाको मलाउन किल्लामा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार