सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध,एकजना घाइते

काठमाडौं । ढुंगासहितको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका- ३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

शनिबार बिहान ४ बजेतिर खसको पहिरोका कारण एकजना घाइते भएका छन्। चारजना सवार लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारमा पहिरो खस्दा ५० वर्षीय गणेश गैरे घाइते भएका हुन्। ठूलो ढुंगाले लागेको कार पूर्णरूपमा क्षति पुगेको छ।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार