रामापुर रिभाईवल ईङ्गलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

रामापुर रिभाईवल ईङ्गलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सैनामैना । रामापुर रिभाईवल ईङ्गलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार (आज) रुपन्देहीको सैनामैना ८ रामापुरमा रहेको सत्तचिन्तन सामुदायीक प्रतिष्ठानको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिला पन्थ शर्माको अध्यक्षता, अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वर्कमाको प्रमुख आतिथ्यता, विद्यालयका प्रार्चाय कृष्ण प्रसाद शर्माको विशिष्ठ आतिथ्यता, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकको उपस्थितीमा सम्पन्न भएको हो ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ को बार्षिक नतिजा सार्वजनिक तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक किरण तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्बिरहरु :-

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार