सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

सुनको मूल्यमा नयाँ र्कीतिमान

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ।

अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो।

सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो।

त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार