
सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्रको वार्षिक नतिजा खेल सप्ताह , शुक्रबारीय प्रतियोगिता , अनुशासन , सरसफाइ नियमित हाजिरी लगायत बिधागत रुपमा पुरस्कार वितरण कार्यक्रम आज भव्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुलक अतिथि चेतनारायण न्याैपानेले बुद्ध स्कुल निरन्तर गुणस्तरीय शिक्षाका लागि लागि परेको बताउदै ग्रामीण भेगमा गुणस्तरीय शिक्षा फैलाउन बिद्यालय सफल भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज पोख्रेलले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै सिकाइ कार्यमा अझ मिहेनत गर्दै आगाडि बढ्न आग्रह गर्नुभयो । अभिभावकलाई पनि अध्यक्ष पोख्रेलले अङ्क मा मात्र ध्या न नदिइ बिद्यार्थीले कति सिके भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लेखनाथ गैरेले विद्यालय सीप र संस्कार सहितको व्यवहारिक शिक्षा प्रदान गर्नका लागि लागि परेको बताउनुभयो । विद्यार्थीको उत्कृष्टता विद्यार्थीको मार्कसिटले मात्र नबताउने भन्दै आफ्नो बिद्यार्थीले के सिक्यो भन्ने तर्फ पनि अभिभावकले सोच्नुपर्ने र आफ्ना बालबालिकाकालाई समय दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कक्षा एक देखि नाैसम्मका विद्यार्थीहरुको नतिजा सुनाइएको थियो भने प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाईमेडल , टीका ,चकलेट , कापी र कलम लगायतका सामग्री सहित सम्मान गरिएको थियो ।
तहगत रुपमा नर्सरी (१ ,२-५ र ६-९, (आठ बाहेक) तर्फ प्रथम हुने विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमराज पोखरेलको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार समिति प्रमुख चेतनारायण न्याैपानेको प्रमुख आतिथ्यता, सल्लाहकार ऋषिराम पाण्डेको र प्राचार्य लेखनाथ गैरेको विशिष्ट आतिथ्यता , समितिका सदस्य, सेयर सदस्य प्रेमकुमार शर्मा, एकदेव दगासे, चन्द्रप्रकाश वन,ठाकुर प्रसाद पाण्डे, डिलाराम बेल्बासे, समाजसेवी ,बुद्धिजीवी , अभिभावक लगायतको आतिथ्यता रहेको थियो ।
नतिजा प्रकाशनसँगै विद्यार्थी एवम् महिला शिक्षिकाहरु एवम विद्यार्थीहरुको सामुहिक नृत्यले कार्यक्रमको माहोल निकै रोचक बनेको थियो ।
विद्यालयका सह-प्राचार्य शुकदेव ज्ञवालीको स्वागत एवम् शिक्षक बालकृष्ण घिमिरे र मनिष जिसिको सञ्चालनमा कार्यक्रम विद्यालय प्राङ्गढमा सम्पन्न भएको हो ।