एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न

सैनामैना । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा जारी एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना वडा नम्बर ६ को बहुयद्देशीय सभाहलमा सञ्चालन भएको तालिमको आज विधिवत रुपमा समापन गरिएको हो ।

तालिमको समापन समारोह भर्गो अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन समारोहमा बोल्दै मेयर शर्माले यस्ता खाले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रम अन्य वडाहरुमा पनि गर्न आग्रह गर्नुभएको छ ।

महिला उद्यमशिलता कार्यक्रम अन्तर्गत चैत २१ गतेदेखि सञ्चालनमा आएको तालिममा सैनामैनाका १ देखि ६ नम्बर वडासम्मका महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

एक हप्ते तालिम प्रशिक्षण गर्नुभएकी चमकला बमरेल मगरले तालिममा सहभागी महिलाहरु सबैलाई तालिमको सदुपयोग गर्दै यसलाई व्यवसायीकरण गर्न र सकेसम्म आफू जस्तै प्रशिक्षक बन्न समेत आग्रह गर्नुभएको थियो ।

भर्गो अभियान नेपालका महासचिव नरहरी भुषालको सञ्चालनमा सम्पन्न भएको तालिममा उत्कृट हुने एक जनालाई पुरस्कृत समेत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार