सुरु भयो प्रथम बीवाईसी कप, उद्घाटन खेलमा आयोजक विजयी

सुरु भयो प्रथम बीवाईसी कप, उद्घाटन खेलमा आयोजक विजयी

सैनामैना । रुपन्देहीको सैनामैना-५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुद्धनगर युवा क्लबको आयोजनामा आजदेखि प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।

भलिबल प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले गर्नुभयो । उद्घाटन खेलमा आयोजक बुद्धनागर युवा क्लबले लाफा समुह बुटवललाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा लाफा समुहलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा आयोजक बुद्धनगरले कब्जा जमाएको थियो ।
पहिलो सेट २५-१५ दोस्रो सेट २८-२६ र तेस्रो सेट २५-२२ ले जित निकाल्दै आयोजक बुद्धनगर सेमिफाइनल प्रबेश गरेको छ । खेलको म्यान अफ दि म्याच सुरज मुसहर भएका छन् । उनि नगद १ हजार १ सय ११ सहित ट्फि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मेयर फणीन्द्र प्रसाद शर्माले शर्माले भलिबल खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउने बताउनुभयो । सैनामैनामा यो बर्ष राष्ट्रियस्तरका ठुला फुटबल र भलिबल प्रतियोगिताले सैनामैनालाई विश्वव्यापी रुपमा परिचीत बनाएको साथै जिल्ला र वडा स्तरका अन्य विद्याका खेलले खेलाडी उत्पादन, प्रोत्साहन र समग्र नगरपालिकाको खेल विकासलाई माथी पुर्याउन सफल भएकोमा मेयर शर्माले खुशी व्यक्त गर्नुभयो । व्यक्ति समाज तथा राष्ट्रप्रति उत्तरदायी बनाउन खेल प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्दै पालिकाको आगामी योजनामा सैनामैनाको खेल प्रतियोगितालाई अझ उत्कृष्ट बनाउनेतर्फ नगरपालिका सकारात्मक रहेको बताउदै सोही अनुरुप बजेट व्यवस्थापन गर्दै खेलकुद विकासलाई अगाडि बढााउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्वअध्यक्ष गोविन्द खनालले सैनामैनाका क्लबले खेलकुदका माध्यमबाट सैनामैनालाई देश व्यापी चिनाउन खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । प्रतियोगिताले खेलाडीहरुको सिकाईलाई अभिवृद्धि गर्नुका साथै खेलाडीहरुको मनोवल उच्च बनाउन सहयोगी बन्ने हुनाले सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सैनामैना वडा नं.५ का अध्यक्ष धनप्रसाद पौडेलले वडा खेल बिकासको लागी सदैव सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । प्रतियोगिताका सल्लाहकार चित्र बहादुर केसीले खेलकुदले नेपालले गौरव गर्ने खेलाडीको विकास र प्रवर्दन गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।

स्थानीय स्तरमा भलिबल खेलको विकाससँगै नयाँ उदयमान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न भलिबल खेल आयोजना गरिएको क्लबका अध्यक्ष दिपक चौधरीले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै खेल समंयोजक दिपक ज्ञवालीले स्थापनाकाल देखि नै क्लबले खेलकुद कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको भलिबल खेलमार्फत वडा र टोल स्तरका नव प्रतिभालाई प्रोत्साहन गर्नु मुख्य उदेश्य रहेको बताउनुभयो । उहाका अनुसार सामाजिक कार्यलाई गर्दै आएको क्लबले गत बर्ष नै आयोजना गर्ने भनेर तयारी गरेत पनि खेल संचालन हुन नसकेकाले पुर्वनिर्धारित कार्यक्रम अनुसार र खेलकुद गतिविधिलाई निरन्तरता दिनका लागि भलिबल प्रतियोगिता राखिएको हो ।
प्रतियोगिताको कुल लागत १५ लाख ३५ हजार अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।
त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।

प्रतियोगिताको दोस्रो दिन विहिबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे मणिमुकुन्द भलिबल क्लब र गोल्डेन क्लब खेल्नेछन् भने दिउँसो ३ बजे सृष्टि युवा क्लब र न्यु होराइजन क्लब बिच हुनेछ ।
चैत्र ३० गते सम्म सैनामैना-५ बुद्धनगर रुपन्देही मोर्डन इङलिस स्कुलको मैदानमा संचालन हुने प्रतियोगितामा परासी युवा क्लब, लाफा समुह बुटवल, बुद्धनगर युवा क्लब, सृस्टी युवा क्लब, न्यू होराईजोन स्पोर्टस क्लब, मणिमुकुन्द भलिबल क्लब,गोल्डेन युवा क्लब,शुद्धोदन गाउँपालिका र स्पोर्टस क्लब सहभागि छन् । खेलकुद क्षेत्रमा उर्वर मानिएको सैनामैना नगरपालिका पछिल्ला केही समय यता खेलमय बनेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार