विदेशीएका नागरिकलाई लोभ्याउने गरि काम गर्नुहोस : नगर प्रमुख शर्मा

विदेशीएका नागरिकलाई लोभ्याउने गरि काम गर्नुहोस : नगरप्रमुख शर्मा

शिब अधिकारी, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाका फणेन्द्र प्रसाद शर्माले व्यवसायीहरुलाई हौसला प्रदान गर्दै विदेशमा रोजगार गर्न गएकाहरुलाई पनि लोभ लाग्ने गरि काम गरेर देखाउन आग्रह गर्नुभएको छ । बुधवार सैनामैना नगरपालिका स्थित बाबरी पार्टी प्यालेसमा तिनाउ पश्चिम वितरक संघको कार्यक्रममा बोल्दै मेयर शर्माले यस्तो बताउनुभएको हो ।

नव बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका शर्माले शुभकामना मन्तव्य राख्दै व्यवसायीहरु मालिक भएको र विदेशमा नोकरी गर्न जानेहरुले पछि स्वदेश फर्केपछि सबैभन्दा पहिला व्यवसायीहरुलाई नै खोज्न बाध्य हुने स्थिती सिर्जना भइसकेको बताउँदै वैदेशीक रोनगारीमा रहेका नागरिकहरुलाई लोभ्याउने खालका कार्यहरु स्वदेशमै बसेर गर्न आग्रह गर्नुभएको हो ।

दुई बर्ष अघि आजैका दिन स्थापना भएको तिनाउ पश्चिम वितरक संघ यस क्षेत्रको सबैभन्दा कान्छो संस्था रहेको बताउनुभएका शर्माले संस्थाले छोटो समयमै उपलब्धीमूलक कार्य गर्दै आएको बताउनुभएको थियो ।

कार्यक्रम तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षता, नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा महासचिव विक्रम अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा भित्ते पात्रो विमोचन तथा संस्था स्थापनाको दुई बर्ष पुरा भएको अवसरमा केक समेत काटिएको थियो ।

नगरप्रमुख शर्मा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार