आगो निभाउन गएको हेलिकप्टर दुर्घटना

आगो निभाउन गएको हेलिकप्टर दुर्घटना

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ ।

थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय अग्नि नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यस क्षेत्रको आगो भने एक घण्टामै निभाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।  दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भयानक वन आगलागी भइरहेको छ ।

तीव्र हावा र सुक्खा मौसमका कारण धेरै ठाउँमा आगलागीले ठूलो विनाश निम्त्याएको छ । आगलाीमा परेर अहिलेसम्म पाइलटसहित ३१ जनाको ज्यान गएको छ ।

यो दुर्घटना कोरियाका अग्नि नियन्त्रण अधिकारीहरूका लागि ठूलो धक्का भएको खबरमा उल्लेख छ ।

हेलिकप्टर दुर्घटना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार