
काठमाडौं । विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था सैनामैना सेवा समाज यूएईले आफ्नो ७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकाबाट विभिन्न शिलसिलामा यूएईमा रहेका नेपालीहरुको छाता संगठनका रुपमा रहेको समाजले आज बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभा यूएईको सोले रेष्टुरेन्ट बरदुबईमा सम्पन्न भएको सैनामैना सेवा समाज यूएईका संरक्षक तथा नेपाली सेवा समाजका प्रवक्ता युवराज भट्टराईले जानकारी दिनुभयो ।
साधारण सभामा समाजका सस्थापक सदस्य, संरक्षक,सल्लाहकार, क्रियाशिल सदस्य, युएईमा रहेका सम्पूर्ण सैनामैना वासिहरु तथा समाजलाई नजिक बाट साथ दिने सामाजिक सस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको समाजले जनाएको छ ।
साथै, आजै समाजले साधारण सभाको अवसर पारेर बुटवलको मानवा सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।