ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेल सत्ता सुम्पेपनि देश बनाउँदैनन् : लिङ्देन

ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश बनाउँदैनन् : राप्रपा अध्यक्ष लिङ्देन

शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश नबनाउने बताएका छन् । रुपन्देहीको सैनामैनामा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बनेधन गर्ने लिङ्देनले यस्तो बताएका हुन् ।

लिङ्देनले संघियताले ऋणको भारी बोकाएको तर्क प्रस्तुत गर्दै संघियता आउनु अघि देशको कुल ऋण ६ खर्ब रहेकोमा अहिले उक्त रकम बढेर २७ खर्ब पुगेको बताए । उनले यो व्यवस्था परिवर्तन नभए देशले थप मूल्य चुकाउने स्थिती सिर्जना हुने बताएका छन् । यहि गति रह्यो भने आउँदो असार मसान्तसम्ममा देशको ऋण २८ खर्ब पुग्नेमा कुनै दुई मत नभएको उल्लेख गरे ।

नेपाली जनता महंगो कर तिर्नेमा एसियाकै पहिलो नम्बरमा पर्ने लिङ्देनको दाबी छ । नेताहरुले देश दोहन गर्न नछोडे देशको अवस्था थप विकराल बन्न पुग्ने पनि उनि बताउँछन् । नेताहरुले भाई छोराहरुलाई विदेशमा बेचिन बाध्य बनाएको बताउँदै यस्तो अवस्थाबाट मुक्ती प्राप्त गर्न जनताहरुले राप्रपालाई साथ दिन समेत उनले आग्रह गरे ।

अध्यक्ष लिङ्देनले कमिशन खानका लागि कामै नलाग्ने एयरर्पोट बनाउने, कबाडी भएर फालिएका जहाज किन्ने गरेको आरोप लगाए ।

नेतृत्व र व्यवस्था खराब रहेको बताएका उनले दुनिया बन्दा नेपाल बन्न नमिल्ने भन्ने हुन्न भन्दै प्रधानमन्त्री ओलीले विकासका योजना र विदेशी सहयोग माग्दा आफ्नो क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको बताए । उनले आफ्नो क्षेत्रमा हेर्दा विकट कर्णलीका बारेमा नेताहरुले कहिले सोच्ने भन्ने प्रश्न समेत तेर्साएका थिए ।

राप्रपाले सुधारिएको राजसंस्था र लुटतन्त्रको अन्तय चाहेको लिङ्देनले बताए ।

चैत्र १५ गतेको राजावादी आन्दोलनका बारेमा समेत बोलेका अध्यक्ष लिङ्देनले सरकारले राजावादीहरुको आन्दोलनलाई हिंसात्मक भनेकोमा आपत्ति प्रकट गरे । उनले सरकारलाई चुनौती दिँदै प्रर्दशनकारीहरुको हातमा लाठी बोकेर गए नगएको हेर्न आग्रह गरे । प्रर्दशनकारी कसैले पनि कसैलाई घाईते नबनाएको उल्लेख गर्दै सरकारले नै प्रर्दशनकारीलाई उत्तेजित बनाउँदा उक्त घटना घटेको बताए ।

सरकार निरंकुश हुँदै गएको बताउँदै उनले देश भन्दा ठूलो कोही नभएको र निरंकुशताका विरुद्ध र देश जोगाउन सबैजना एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

राप्रपा सैनामैनाले सैनामैना ६ कलौनीमा रहेको कालमोचन शिवालय मन्दिरमा आयोजना गरेको कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरि १ सय ५४ जना राप्रपा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेका सबैलाई अध्यक्ष लिङ्देनले टिका तथा माला लगाएर स्वागत गरेका थिए ।

राजेन्द्र लिङ्देन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार