
शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ र ७ बाट प्रहरीले नदिजन्य पदार्थ चोरीमा संलग्न सवारी साधनहरु नियन्त्रणमा लिएको छ । शुक्रबार (हिजो) इलाका प्रहरी कार्यालय सालझण्डीले जेसीबी, टिफर र ट्याक्टर नियन्त्रणमा लिएको बताएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना ६ बाट ट्याक्टर तथा सैनामैना ७ देउवपारबाट जेसीबी र टिफर नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जानकारी दिए ।
अधिकारीले दिएको जानकारी अनुसार नम्बर नखुलेको ट्याक्टर तथा लु १ क ५२१९ नम्बरको जेसीबी र लु २ ख २७६५ नम्बरको टिफर नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका सवारी साधनहरु माथि सैनामैना नगरपालिकाको राजस्व विभागले कारवाही प्रक्रिया अघि बढाएको अधिकारीले पहिलोआवाजलाई बताए । उनले जेसीबीलाई न्यूनतम ५० देखि ७५ हजार, टिफरलाई न्यूनतम २५ देखि ३५ हजार र ट्याक्टरलाई न्यूनतम १० देखि १५ हजार रुपैँयासम्म जरिवाना कारवाही हुने व्यवस्था रहेको जानकारी दिए ।
चोरी पैठारीमा एक पटक भन्दा बढी समातिएका सवारी साधनको हकमा भने जरिवाना दरमा फरक पर्ने प्रहरी निरिक्षक अधिकारीले बताए ।