
काठमाण्डाै । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियता रक्षाकाे पक्षमा यही चैत २४ गतेदेखि ३० गतेसम्म साप्ताहव्यापी सङ्घीय राजधानी काठमाण्डाै केन्द्रित आन्दोलन गर्ने बताउनुभयो ।
पार्टीले नेपालको राष्ट्रियताका विरुद्धमा भइरहेको विभिन्न खाले षडयन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै देशको राष्ट्रियताको रक्षा गर्दै आएको जनाएको छ ।