सैनामैनामा एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सुरु

सैनामैनामा एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सुरु

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सुरु भएको छ । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा बिहिबार (आज)बाट तालिम सुरु भएको हो ।

तालिमको आज एक कार्यक्रमका बीच औपचारीक शुभारम्भ गरिएको छ । भर्गो अभियान नेपालको महिला उद्यमशिलता कार्यक्रम अन्तर्गत आजबाट सैनामैना ६ कलौनीको वडा कार्यलयमा रहेको बहुयद्देशीय सभाहलमा तालिम सुरु भएको हो । तालिममा सैनामैनाका १ देखि ६ नम्बर वडासम्मका महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ ।

तालिमको शुभारम्भ भर्गो अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, सैनामैना वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल पोख्रेलको प्रमुख आतिथ्यता तथा भर्गो अभियान नेपालका महासचिव नरहरी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

शुभारम्भ कार्यक्रममा गोरखनाथ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लता खड्काले स्वागत मन्तब्य राख्दै तालिमको भरपुर फाईदा उठाउन सहभागीहरुलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै भर्गो अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्माले संस्थाको नामको बारेमा जानकारी दिनुभएको छ । उहाँले भर्गो शब्द आफैमा पवित्र शब्द रहेको बताउँदै यसको अर्थ उज्यालो हुने र आफूहरुको संस्था उज्यालो भविष्य तर्फ केन्द्रीत रहेको बताउनुभएको थियो ।

कार्यक्रमका बारेमा थप प्रष्ट पार्नु भएका उहाँले संस्थाले उद्यमशिलतालाई प्राथमीकतामा राखेर अघि बढ्ने बताउनुभएको छ । शर्माले कार्यक्रम अवधिभरबाट उत्कृट सिकाई गर्ने एक जनालाई संस्थाले पुरस्कृत गर्ने बताउँदै सिकेको सिपलाई व्यवसायी गर्न चाहनेहरुलाई समूह बनेर आएको खण्डमा संस्थाका तर्फबाट व्याज र्तिनु नपर्ने गरि किस्ता बन्दीमा रकम पनि उपलब्ध गराउने बताउनुभयो ।

यस्तै कार्यक्रममा हौसला प्रदान गर्नुभएका प्रमुख अतिथी गोपाल पोख्रेलले सहभागीहरुलाई तालिमको भरपुर फाईदा उठाउन आग्रह गर्नुभएको छ । उहाँले वडा दिने तालिमहरुमा महिला दिदीबहिनीहरु आउने तर सिप सिकेर व्यवासीकरण तर्फ नलाग्ने गरेको दुखेसो सुनाउँदै तालिममा सहभागीहरुलाई त्यसो नर्गन आग्रह समेत गर्नु भएको छ । उहाँले पनि तालिममा उत्कृट सिप सिक्ने महिलाहरुलाई प्रोत्साहन गर्न उपहारको व्यवस्था गर्ने बताउनुभयो ।

एक हप्ते तालिम प्रशिक्षक चमकला बमरेल मगरले दिँदै हुनुहुन्छ । प्रशिक्षक मगरले पनि तालिममा सहभागी भएर स्वरोजगार बन्न महिला दिदीबहिनीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आफूले पहिला तालिम समेत मुस्किलले प्राप्त गरेको बताउँदै अहिले तालिमको सदुपयोगले प्रशिक्षक बन्न सफल भएको प्रेरणादायी घटना समेत सुनाउनुभएको थियो । उहाँले पहिले तालिमका लागि बाहिरबाट प्रशिक्षक बोलाउनुपर्ने अवस्था रहेकोमा आफू सैनामैना नगरकै प्रशिक्षक हुँन पाउँदा गर्व लाग्ने गरेको बताउनुभयो ।

कार्यक्रममा भर्गो अभियान नेपालका कोषाध्यक्ष शुसिला पन्त शर्मा, सामाजिक परिचालक सृजना न्यौपाने, प्रशिक्षार्थी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम २७ गतेसम्म चल्नेछ ।

तालिम सुरु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार