
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघका गोविन्द कोइराला विजयी भएका छन ।
सभापतिका लागि उम्मेदवारी दिएका अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपानेलाई पछि पार्दै कोइराला सभापति पदमा विजयी भएका हुन् ।
कोइराला निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ । सबै बुथको मत एकीकृत गरिरहेकाले केहिबेरमा नतिजा सार्वजनिक हुने निर्वाचन समितिले बताएको छ ।
यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो ।