सैनामैनाका गोपालले खोसेका थिए तीनकुने घटनामा सशस्त्रको बन्दुक

सैनामैनाका गोपालले खोसेका थिए तीनकुने घटनामा सशस्त्रको बन्दुक

रुपन्देही । प्रहरीले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको बन्दुक खोस्ने व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनले खोसको बन्दुक (ग्यास गन) भने फेला नपरेको प्रहरीले जनाएको छ ।

बन्दुक खोस्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय गोपाल मल्ल हुन् । हाल काठमाडौंको तारकेश्वर १० मा बस्ने मल्ललाई प्रहरीले भिमसेन गोलाबाट पक्राउ गरेर गौशालामा बुझाएको थियो ।

उनी सशस्त्र प्रहरीको ग्यास गन खोस्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउनका लागि म्याद थप गर्न लगिएको छ ।

तीनकुने घटना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार