पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ।

शनिबार भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर दुई युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका किशोरहरु १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृत्यु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार