लुम्बिनी साझेदारी कप सुरु, उद्घाटन खेलमा पिपरीचापा विजयी

लुम्बिनी साझेदारी कप सुरु, उद्घाटन खेलमा पिपरीचापा विजयी

रुपन्देही । रुपन्देहीको कञ्चनमा अस्नैया युवा क्लब र लुम्बिनी साझेदारी वन व्यबस्थापन समूहको संयुक्त आयोजनामा लुम्बिनी साझेदारी कप फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । क्लबको २५ औँ बार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन भएको हो ।

१२ टोली सहभागी रहेको प्रतियोगिताको शनिबार (आज) प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको हो । चैत्र २७ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन आज एक खेल सम्पन्न भएको छ ।

पहिलो दिन गैडहवा गाउपालिका र गौतमबुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ पिपरीचापा बीचको खेल सम्पन्न भएको छ । सम्पन्न खेलबाट गौतमबुद्ध सामुदायिक विकास केन्द्र २-१ को गोल अन्तरले विजयी भएको हो ।

प्रतियोगितामा गैडहवा गाउँपालिका, गौतम बुद्ध सामुदायिक विकास केन्द्र, मुर्गिया एफ.सी., हिमालय सामुदायिक विकास केन्द्र, मनोभव एफ.सी. बुटवल, योङ्ग ब्वाइज एफ.सी. देवदह, अस्नैया युवा क्लब (आयोजक), बुद्ध सेभेन स्टार, ईभोल्युसन क्लब अफ तामनगर, करङ्गे युवा क्लब, फर्साटिकर एफ.सी. र देवदह ब्वाइज सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैया सहित कप, मेडल र प्रमाणपत्र पाउने छन भने उपविजेता टोलीले नगद १ लाख रुपैया सहित कप र मेडल प्राप्त गर्नेछन् ।

साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार