प्रदर्शनकारी रोक्न खटिए नेपाली सेना (तस्बिरहरू)

भोलि बिहान ७ बजेसम्मका लागि लम्बियो कर्फ्यू

काठमाडौं । राजतन्त्र समर्थकहरूले शुक्रबार आयोजना गरेको प्रदर्शनले हिंसात्मक रूप लिएको छ ।

उनीहरूले व्यक्तिहरूको निजी सम्पत्ति, सञ्चारमाध्यमका कार्यालय तथा राजनीतिक दलका कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा तथा हवाइ फायर पनि गरेको थियो । प्रदर्शन हिंसात्मक भएपछि काठमाडौं जिल्ला प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ सो क्रममा नेपाली सेना सडकमा आएको छ ।

बालकुमारी क्षेत्रमा भाटभटेनी सुपरमार्केटमा प्रदर्शन कारीले लुटपाट मच्चाएका छन् । अहिले ललितपुर क्षेत्रमा पनि सेना सडकमा आएको छ ।

nepal-army-(18)-1743164527.jpg

nepal-army-(20)-1743164528.jpg

nepal-army-(12)-1743164528.jpg

nepal-army-(15)-1743164527.jpg

nepal-army-(17)-1743164527.jpg

nepal-army-(13)-1743164526.jpg

nepal-army-(14)-1743164526.jpg

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार