
काठमाडौं । राजावादी समूहका प्रदर्शनकारीहरुले अराजकता मचाएपछि तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
उनका अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ ।
ललितपुरतर्फ बालकुमारी पुल, भक्तपुरतर्फ जडबुटी पुल, सिनामंगल चोक र तीनकुले पुल क्षेत्रमा कर्फ्यु लगाइएको उनले बताए। राजावादी समर्थित प्रदर्शनकारीले तीनकुनेस्ति एउटा घरमा आगजानी गरेका थिए । अहिले त्यस आसपासका पार्टीका कार्यालय, मिडिया र सरकारी कार्यालयहरू प्रदर्शनकारीले आगजनी प्रयास गरिएको प्रहरीले जानकारी दिएको छ ।