
सल्यान । सल्यानमा खरबारीमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरमा खरबारीमा लागेको आगो निभाउने क्रममा ६५ वर्षीय प्रेमबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
श्रीमान् र श्रीमती घाँस काट्न गएको बेला खरबारीमा आगलागी भएको थियो । आगो निभाउने क्रममा बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।
यसैबीच सल्यानको कपुरकोट गाउँपालिका–६ रातामाटामा आगलागी हुँदा झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । देवीराम बोहराको दुईतले कच्ची घरमा विद्युत् शर्ट भएर आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीले घरमा लागेको आगो निभाएका थिए ।