पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया र अभिषेक चर्च नवलपुर खेल्दै

पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया र अभिषेक चर्च नवलपुर खेल्दै

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच हुँदै छ ।

यसअघि शनिबार भएको अन्तिम क्वार्टफाईनल खेलमा कपिलवस्तु सेमीफाईनलमा प्रवेश गरेको थियो । अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३–० को अन्तरले पराजित गर्दै कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

सेमीफाईनल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार