मैत्रिपूर्ण खेलमा सैनामैना सेवा समाज र रुपन्देही सेवा समाज भिड्ने

मैत्रिपूर्ण खेलमा सैनामैना सेवा समाज र रुपन्देही सेवा समाज भिड्ने

शिब अधिकारी, रुपन्देही । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको छाता संगठन सैनामैना सेवा समाज यूएईको आयोजनामा मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आईतबार यूएईको अल सफ पार्कमा उक्त प्रतियोगिता हुन लागेको हो ।

सैनामैना सेवा समाजको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगितामा आयोजकले रुपन्देही सेवासँग खेल्ने खेल संयोजक युवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता यूएईको स्थानीय समय अनुसार बिहान ७ बजे सुरु हुनेछ ।

सैनामैना सेवा समाज यूएईले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्दै आएकोमा यसपटक भने केही फरक गर्ने प्रयासमा जुटेको भट्टराईले बताउनुभयो । प्रतियोगिताले दुवै समाज बीच आपसी सद्धभाव बढ्ने उहाँको विश्वास रहेको छ ।

मैत्रिपूर्ण खेल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार