
कीर्तिपुर । केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रवीण दाहाल उम्मेदवार बनेका छन् ।
अर्थशास्त्र विषयमा स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्दै आएका दाहाललाई अखिल क्रान्तिकारीले स्ववियु अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
अखिल क्रान्तिकारीले प्रवीण दाहाललाई अघि सारेको हो । शैक्षिक आन्दोलन तथा त्रिभुवन विश्वविद्यालयमा देखिएका विद्यमान समस्याको सुधारका लागि लड्दै आएका छन् । अखिल क्रान्तिकारीले चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि
आफू पढ्दै आएका प्रवीण दाहालले अरूलाई समेत पढाउँदै आएका छन् । अनलाइन प्लेटफर्म युट्युब च्यानलमार्फत उनले अन्य विद्यार्थीहरूलाई पढाउँदै आएका छन् । सेक्रेट एजुकेसन युट्युब च्यानलमा हाल ८५ हजार बढी सस्क्राईबर छन् । अनलाइन प्लेटफर्म मात्र नभएर विभिन्न क्षेत्रमा पनि छोटो समयआबद्ध भएका थिए ।
उनकै नेतृत्वमा भएको आन्दोलनका कारण ईयर ग्याप र ओभरल्यापिङका कारण पास भइसकेका विद्यार्थीहरूले ट्रान्सक्रिप्ट नपाउने समस्या थियो । अहिले उनकै नेतृत्वको आन्दोलनका कारण ट्रान्सक्रिप्ट उपलब्ध हुन थालेको त्रिविमा एक अध्यनरत विद्यार्थी अरुन राईले बताए ।
त्यस्तै फिजिक्स प्रमथ सेमिस्टरमा बी माइनस वा कम अङ्क आएमा थेसिस गर्न नपाउने प्रावधान हटाई सबैले थेसिस गर्न पाउने प्रावधान लागू गरिएको पनि उनले बताए । उनले गरेका नेतृत्वमा भएका आन्दोलनपछि परीक्षा नियन्त्रण कार्यालयले चैत्र अन्तिमबाट अनलाइन प्रणालीमा जाने सम्झौता भएको थियो । त्रिविले विभिन्न प्रकारका त्रुटि बनाउँदै महिनौँ लगाएर ट्रान्सक्रिप्ट लिनुपर्ने बाध्यता १० दिनभित्रै पाउने व्यवस्था भएको हो ।
सबल सक्षम विद्यार्थी निर्माणका लागि विभिन्न खाले आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका अखिल क्रान्तिकारीले चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि दाहाललाई सर्वसम्मत रूपमा स्ववियु अध्यक्षको उम्मेदवार बनाएको हो ।