सुनगाभा सैनामैना गोल्डकप : महावीर क्लब र हनामी बिएफसी भिड्दै

सुनगाभा सैनामैना गोल्डकप

सैनामैना। रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा बिहीबार (आज) महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् ।

मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ । एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै अभिषेक चर्च सेमिफाइनल प्रवेश गरेको छ। खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।

सुनगाभा सैनामैना गोल्डकप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार