
काठमाडौं । साँग्रिला मोटर्सले नेपाली बजारमा लिपमोटरको टी–०३ ह्याचव्याक कारको बिक्री सुरु गरेको छ ।
कम्पनीले लीपमोटरको टी–०३ ह्याचव्याक इलेक्ट्रीक कारको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
गाडी सार्वजनिक गर्दै साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नवीनतम र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै टीओथ्री बजारमा ल्याएको बताए ।
यो गाडीमा ३७.३ किलोवाट आवर किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ भने ७० किलोवाटको मोटर जडान गरिएको छ । यसले एक पटकको फुलचार्जमा करिब २६५ किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा लेभल २ एडभान्स्ड लिप पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ ।
‘हामी लिपमोटर टीओथ्री नेपालमा ल्याउन पाउँदा उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउनेमा विश्वस्त छौं,’ गोल्छाले भने ।
सो कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर एवं सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलको पनि सहभागिता रहेको थियो ।