नाडाले भन्यो– मौद्रिक समीक्षाले ईभी व्यापारलाई ठुलो मर्का पर्‍यो

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति असन्तुष्टि जनाएको छ । समीक्षामा व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (एलटीभी) ८० प्रतिशत कायम गर्न आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत तथा सबै प्रकारका विद्युतीय सवारी साधनमा एलटीभी ६० प्रतिशत सीमित गर्ने निर्णय गरेको छ । नाडाले यो व्यवस्थाले विद्युतीय सवारी साधनको व्यवसायलाई ठूलो मर्का पार्ने बताएको छ ।

नाडाले पेट्रोल र डिजेल सवारीसाधनको ऋण मूल्य अनुपातलाई ५० बाट ७५ प्रतिशत पुर्‍याउन राष्ट्र बैंकसँग माग गर्दै आएको बताउँदै, अब ६० प्रतिशत निर्धारण गरिएको व्यवस्थाले ग्रीन इनर्जी प्रवर्द्धन गर्ने सरकारकै नीतिलाई राष्ट्र बैंकले नै उपेक्षा गरेको आरोप लगाएको छ।

संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले हरित ऊर्जालाई उच्च प्राथमिकता दिने नीति लिएको भए पनि राष्ट्र बैंकको नयाँ नीतिले त्यसलाई कमजोर बनाउने देखिन्छ । यसबाट विद्युतीय सवारीसाधनको प्रयोगमा निश्चित रूपमा गिरावट आउनेछ ।’

नाडाले विद्युतीय सवारीसाधन व्यवसायलाई प्रोत्साहन गर्न तथा लगानी सुरक्षाका लागि राष्ट्र बैंकलाई पूर्ववत् ८० प्रतिशत ऋण मूल्य अनुपात कायम राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार