बीवाईडी हाई–टेक विक २०२५ आजदेखि सुरु, पीकपदेखि पानिमा तैरिने गाडीसम्म हेर्न पाइने

काठमाडौं । बीवाइडी हाई–टेक वीक– २०२५ आजदेखि काठमाडौंको एभरेष्ट होटलमा सुरु भएको छ ।

बीवाईडीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. लीले आजदेखि १८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा बीवाईडीका विभिन्न पाँच मोडलका गाडीहरु प्रर्दशनीमा राखेको छ ।

कम्पनीले उद्योग व्यवसायी, ईभी विक्रेता, प्रविधि प्रेमी तथा सर्वसाधारणका लागि यो कार्यक्रम आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा सहभागीहरूले बिवाईडीको ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ–प्लेटफर्म ३.०, डुअल मोड अफ–रोड, उन्नत चालक सहायता प्रणाली (एडास) तथा गाडी भित्रको एआई प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । साथै, बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरूको प्रदर्शन हुनेछ, जसमा नेक्स्ट–जेन सवारी प्रदर्शन विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ। स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक–समय प्रविधि प्रदर्शन (डेमोन्स्ट्रेसन) समेत गरिनेछ ।

ईभी प्रविधि र नयाँ ऊर्जा सवारीको सम्भावनाबारे उद्योगका अग्रणी विज्ञ, इन्जिनियर तथा दिगोपन अभियानकर्ताहरूबाट विशेष प्यानल छलफल हुने बताइएको छ । साथै, कार्यक्रममार्फत नयाँ बिवाईडी मोडेलहरू अनावरण गरिनेछ, जसमा सहभागीहरूले पहिलो अवलोकन गर्न पाउनेछन् ।

साइमेक्स इंकप्रालिका अध्यक्ष यमुना श्रेष्ठले नेपालमा ईभी प्रविधिको भविष्यलाई नयाँ दिशा दिन यो कार्यक्रम महत्त्वपूर्ण हुने बताएकी छन् । उनले भनिन्, ‘वायु प्रदूषणका कारण हिमालमा हिउँ पग्लिरहेको अवस्थामा ईभीलाई प्राथमिकता दिन जरुरी छ । हामीले नयाँ ऊर्जा सवारी अपनाएर दिगो भविष्यतर्फ कदम चाल्नुपर्छ ।’

नेपालमा विद्युतीय सवारीको भविष्य निर्माण गर्ने लक्ष्यसहित बिवाईडी हाई–टेक वीक २०२५ ले हरित ऊर्जा यात्रालाई गति दिने विश्वास गरिएको छ । प्रदर्शनीमा बिवाईडी सार्क, बाओ फाइभ, डेन्जा, याङवाङ यु८ र जेड नाइजिटी मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा डेन्जा नेपालमै उपलब्ध गराइने बताइएको छ ।

सवारी साधनको प्रवर्धन गर्न आफूहरु लागिपरेको बताइन् ।

byd bydhitechweek

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार