सुनगाभा सैनामैना गोल्डकपको सह प्रायोजकमा “जेन्यून कम्युटर”

सुनगाभा सैनामैना गोल्डकप

शिब अधिकारी,सैनामैना । रुपन्देहीको सैनामैनामा अयोजना हुन लागेको प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को सह-प्रायोजकमा “जेन्यून कम्युटर एण्ड ब्रोडलिंक ईन्टरनेट मुर्गिया प्रा.लि.” जोडिएको छ ।

बिहीबार आयोजक मुर्गिया क्लबले सैनामैना गोल्डकपको अफिसियल फेसबुक पेज मार्फत ब्यानर सार्वजनिक गर्दै सह-प्रायोजकमा जेन्यून कम्युटर जोडिएको जनाएको हो ।

जेन्यून कम्युटरका सञ्चालक युवा ब्यवसायी कृष्ण पौडेलले सुनगाभा सैनामैना गोल्डकप सफतला पूर्वक सम्पन्न गर्न १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको सार्वजनिक पोष्टमा उल्लेख छ ।

ए डीभिजनका १० टोली सहभागि हुने प्रतियोगिता फागुन १९ गतेदेखि २८ गतेसम्म रुपन्देहीको सैनामैना मुर्गिया स्थित सैनामैना बहुउद्देशिय रंगशालामा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले सात लाख र उपविजेताले चार लाख रुपियाँ प्राप्त गर्नेछन् ।

सुनगाभा सैनामैना गोल्डकप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार