
शिब अधिकारी, नवलपरासी पूर्व । प्रथम सर्दी कप खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मणिमुकुन्द भलिबल क्लब र जीएम समाज कावाशोती भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल समिकरणबाट स्याङ्जालाई हराउँदै मणिमुकुन्द तथा पाल्पालाई हराउँदै जीएम समाजले फाईनल भिडन्त पक्का गरेका हुन् ।
विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा मणिमुकुन्दले स्याङ्जालाई २ १ को सेटमा हराएको हो । मणिमुकुन्दले पहिलो सेट २५ १५ तथा तेस्रो सेट २५ १७ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट भने स्याङ्जाले २५ २३ ले जितेको थियो ।
त्यस्तै, दोस्रो सेमिफाईनलमा जीएम समाज कावाशोतीले २ ० को सेटमा आफ्नो पक्षमा पार्यो । उसले पाल्पा जिल्ला भलिबल संघ माथि पहिलो सेट २५ १५ र दोस्रो सेटमा २५ २१ को जित निकाल्यो ।
अब भोलि तृतीय स्थानका लागि पाल्पाले स्याङ्जासँग खेल्ने छ ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ५१ हजार १ सय ११, उपविजेताले १ लाख १ हजार १ सय ११ तथा तृतिय हुने टोलीले ५१ हजार १ सय ११ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।