छैठौँ अक्षयकोष निर्माण कार्यक्रम सम्पन्न

छैठौँ अक्षयकोष निर्माण कार्यक्रम सम्पन्न

रुपन्देही । नवलपुर सेवा समाजले आफ्नो बार्षिक कार्ययोजना अनुसार छैठौँ अक्षयकोष निर्माण कार्यक्रम सम्पन्न गरेको छ । सिद्धि प्राथमिक विद्यालय बुङ्दीकाली ३ रकुवामा समाजले अक्षयकोष निर्माण गरेको हो ।

शिक्षा नै विकासको प्रकृया भएका जनाउँदै समाजले यसको स्तरमा सुधार गर्न अक्षयकोष निर्माण कार्यक्रम अगाडी बढाएको छ । जसअन्तर्गत समाजले नवलपुर जिल्लामा रहेका चार वटा नगरपालीका र चार गाउँपालीकामा अवस्थित विद्यालयहरु मध्ये हरेकबाट एउटालाई समेटेर ८ अक्षयकोष निर्माण गर्ने निर्णय बमोजिम छैठौँ अक्षयकोष निर्माण गरेको हो ।

छैठौँ अक्षयकोष समाजको चौथो कार्य समितिद्वारा नवलपुर सेवा समाजका युएईका सक्रिय सदस्य पूर्ण रानाभाटको संयोजकत्वमा स्थापना गरिएको हो ।

अक्षयकोष निर्माण

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार