प्रथम सर्दी कप सुरु, उद्घाटन खेलमा मणिमुकुन्द विजयी

प्रथम सर्दी कप

नवलपरासी पूर्व । सिर्जनशिल युवा क्लबको आयोजनामा आजबाट प्रथम सर्दी कप सुरु भएको छ । विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा आजबाट प्रतियोगिता सुरु भएको हो ।

उद्धघाटनको पहिलो दिन एक खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा मणिमुकुन्द भलिबल क्लबले जुनतारा भलिबल क्लब पाल्पा रामपुरलाई २–० को सोझो सेटमा हरायो ।

मणिमुकुन्दले पहिलो सेट २५–१८ तथा दोस्रो सेट २५– १५ ले जितेको हो । खेल बेष्ट अफ थ्रीमा खेलाइएको थियो ।
आज सम्पन्न खेलको म्यान अफ द म्याच मणिमुकुन्द भलिबल क्लबका संगम श्रीस भएका छन् ।

फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताको आज औपचारीक शुभारम्भ गरिएको हो । कार्यक्रम क्लबका अध्यक्ष मुक्त प्रसाद सेन (नवराज) को अध्यक्षता, समाजसेवी कृष्ण प्रसाद भुषालको प्रमुख आतिथ्यता, कृष्ण बहादुर पाण्डे, तिलक पाण्डेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ५१ हजार १ सय ११, उपविजेताले १ लाख १ हजार १ सय ११ तथा तृतिय हुने टोलीले ५१ हजार १ सय ११ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

प्रथम सर्दी कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार